तमलोपाका महामन्त्री कारागार चलान

131

विरगन्ज, असोज १०

tarai jetindraतराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवल किशोर सिंहलाई आइतबार दिउँसो वीरगन्ज कारागार चलान गरेको छ।

महामन्त्री सोनल र अध्यक्ष सिंहमाथि लगाइएको सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यलयले तोकेको धरौटी नतिरेपछि उनलाई कारागार चलान गरिएको हो।

सार्वजनिक सवारी साधनमा आगजनी गरेको आरोपमा पक्राउ परेका सोनल र सिंह विरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरेको थियो। मुद्दामा बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले १ लाख ४९ हजार ३७५ रुपैया धरौटी राख्न आदेश गरेको थिए।

बाराको लिपनीमाल ९ चैनपुर मेनरोडस्थित आत्मा बाक्राको सौरभ ईन्टरप्राईजेजमा पार्किङ गरेका ट्रकमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले २९ गते दुवैलाई पक्राउ गरेको थियो।

 

Womui
Womui