भारतीय हस्तक्षेप विरुद्ध बृहत प्रर्दशन गर्ने तयारी

192

नेपालगन्ज, असोज ९–
आफ्नो देशको समस्या हामी आफै समाधन गरौ, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नाराका साथ ‘ब्याक अफ ईन्डिया’ अभियान अन्र्तगत आईतबार नेपालगन्जमा विरोध प्रर्दशन गरिने भएको छ । संविधान निर्माणमा असन्तुष्टी जनाउँदै भारतीय पक्षले नेपाल र नेपालीको सार्वभौमिकता र राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै युवा, बिद्यार्थी लगायतले स्वतः स्फुर्त रुपमा प्रर्दशन गर्न लागेका हुन् । नेपालगन्जमा शनिबार सम्पन्न विभिन्न विद्यार्थी संगठन, युवा, नगारिक समाजका अगुवा लगायतको संयुक्त बैठकले भारत विरुद्ध व्यापक मात्रामा बिरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

back off india

आईतबार बिहान साढे ८ बजे स्थानीय गणेशमान चोकबाट राष्ट्रिय झण्डा सहित विरोध प्रर्दशन गर्दै विपी चोक सम्म पुग्ने कार्यक्रम रहेको नेपालगन्ज सचेत युवा समुहले जनाएको छ । विरोध प्रर्दशनमा स्वतः स्फुर्त रुपमा सहभागि हुन समुहले विभिन्न संघ, संगठन, राजनितिककर्मी, वुद्धिजिवी, नागरिक समाज, उद्योगी व्यवसायी, अधिकारकर्मी, अधिवक्ता, सञ्चारकर्मी, सर्वसाधारण लगायत सबैलाई आब्हान गरेको छ ।

Womui
Womui