चीनको झण्डा जलाइएपछि चीनद्वारा गृहमन्त्रीलाई पत्राचार

412

काठमाडौं,  असोज ९

 Chinese_flag_(Beijing)_-_IMG_1104आन्दोलनमा रहेका मधेसी दलले सुनसरीको इनरुवामा चीनको झण्डा जलाएपछि चिनियाँ दूतावासले गम्भीर चासो लिएको छ । आन्तरिक विवादमा मधेसबादी दलहरुले चिनियाँ झण्डा जलाएपछि दुतावासले आन्तरिक अनुसन्धान पनि थालेको छ ।

५ असोजमा मधेसबादी दलका कार्यकर्ताले चिनियाँ झण्डा चलाएका थिए । झण्डा जलाए लगतै चिनियाँ राजदुत उ छुन्थाईले नेपाल सरकारसँग झण्डा जल्नुको कारण सोधेका थिए । आन्दोलनकारीले झण्डा जलाएपछि चिनियाँ दुतावासले बाहिरि देशको उक्साहटमा नेपालभित्र चीनबिरुद्ध गतिविधि भइहरेको बताएको छ । उसले यस्ता गतिविधिमा रोक लगाउन गृहमन्त्री बामदेव गौतमलाई पत्राचार पनि गरिसकेको गृहमन्त्रालय स्रोतले बताएको छ ।

भारतको समर्थनमा चलिरहेको मधेसबादी दलको आन्दोलनमा चिनियाँ झण्डा जलेपछि आफ्नो देशबिरुद्ध कुनैपनि गतिविधि नगर्न आन्दोलनरत दललाई चीनले चेतावनी दिएको छ । भारतको समर्थनमा चलेको आन्दोलनमा चीनियाँ झण्डा जलेपछि चीन सरकारले भारत र मधेसी दललाई नेपाल सरकार मार्फत चेतावनी दिएको छ । चीनले भारतका कारण नेपालमा अशान्ति भएको ठहर पनि गरेको छ ।

Womui
Womui