विमानस्थलको कडा चेकजाँच प्रणालीको कार्यान्वयनमा जोड

83

नेपालगन्ज, असोज ९–

नेपालगन्ज विमानस्थलको सुरक्षा प्रणाली सुधार गर्नुपर्ने सुझाव दिइएको छ । बिमानस्थलमा नागरिक उड्ययन कार्यालय, कार्गो सर्विस, एयरलाईन्स, ट्रान्सपोर्टका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय र प्रहरी अधिकारीको सहभागितामा सम्पन्न परिचयात्मक र अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाव दिइएको हो । कार्यक्रममा भेरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले सानो काम नै परिवर्तनको सम्वाहक भएको भन्दै यसले ठुलो सफलता हासिल गर्ने बताए । कुनैपनि कामको सुरूवात एक आपसमा मिलेर गरेमा ठुलो कामको सन्देश दिन सक्ने उनले बताए । नेपालगन्ज बिमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले आफुले दुई वर्ष त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा काम गरेर सिकेका ज्ञान प्रयोग गरिने प्रतिवद्धता जनाए ।
imgres
बुद्ध एयरका ईन्चार्ज बिनित शाह, डोल्पो एयर कार्गो सर्विसका डिल्लीराज रेग्मी लगायतले प्रहरी वरिष्ठ उपरीक्षक जस्तो उच्च प्रहरी अधीकारीले बिमानस्थलसँग सम्वन्धित सरोकारवाला निकायलाई बोलाएर छलफल तथा भेटघाट कार्यक्रम गरेकोमा प्रशंसा गरेका थिए । नेपालगन्ज बिमानस्थल प्रवेश गर्ने एक मात्र प्रवेशद्वार लायन्स क्लब नेपालगन्ज राँझाको सकृयतामा आगामी एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि काम सुरु भइसकेको सो अवसरमा जानकारी दिईयो । बिमानस्थल आवत जावत गर्ने सडक समेत निर्माणका लागी टेण्डर भइसकेको डोल्पो एयर कार्गो सर्विसका सञ्चालक रेग्मीले जानकारी दिए । हालको परिस्थितिमा बिमानस्थलको सुरक्षा अवस्थालाई सुदृढीकरण गर्न कडा चेकजाँच प्रणालीको कार्यान्वयन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

Womui
Womui