प्रधानमन्त्रीले भने,‘टीकापुर घटनाका दोषीलाई कारबाही हुन्छ‘

35

टीकापुर, असोज ९

imagesप्रधानमन्त्री सुशील कोइरालाले गत भदौ ७ गते टीकापुरमा एक नाबालकसहित आठ सुरक्षाकर्मीको ज्यानै जाने गरी घटेको हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही हुने बताएका छन्  । भदौ ७ गते घटेको घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिन यहाँ आइपुगेका प्रधानमन्त्री कोइरालाले यसो बताएका हुन् । उनले गत साउन २८ गते यहाँ आयोजित सभामा दुई समुदायबीच द्वन्द्व सिर्जना गराउने गरी उत्तेजक अभिव्यक्ति दिनेलाई पनि कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । उक्त सभामा उत्तेजक अभिव्यक्ति दिने कांग्रेस सभासद अमरेश कुमार सिंहको नामै उल्लेख गरेर सिंहलाई कुनै पनि हालतमा कारबाही गरेर छाड्ने प्रधानमन्त्री कोइरालाले बताए ।

Womui
Womui