चौलानी नदीमा महिलाको बेवारिशे शव भेटियो

42

भगीरथ अवस्थी
बैतडी, असोज ९
जिल्लाको गोकुलेश्वर चौलानी नदी किनारमा एक महिलाको बेवारिशे शव फेला परेको छ । अन्दाजी ३० वर्षीया महिलाको शव आज बिहान गोकुलेश्वर गाविस वडा नं. १ डडिया भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । आज बिहान नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरी चौकी गोकुलेश्वरमा खबर गरेको तथा प्रहरी चौकी गोकुलेश्वरबाट प्रहरी नायब निरीक्षक भीमबहादुर मल्लको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगी शवलाई नदी किनारबाट निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमर्टमको लागि गोकुलेश्वर अस्पताल लगेको छ । शव दुई तीन दिन अगाडिको भएको तथा निधारमा घाउ भएको नायब निरीक्ष्क भीमबहादुर मल्ले जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी मोहन पोखरेलको बताए ।

Womui
Womui