जमुनाहा नाकामा आन्दोलनकारीद्वारा प्रहरीमाथि आक्रमण

59

नेपालगन्ज, असोज ९

नाकाबन्दीका लागि ठूलो संख्यामा जमुनाहा नाका जम्मा भएका आन्दोलनकारीले नाकामा खटिएका प्रहरीलाई आक्रमण गरेका छन् ।  आन्दोलनरत मधेसी मोर्चाले शनिबार नेपाल-भारत सीमा जमुनाहामा प्रहरीमाथि आक्रमण र ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मोर्चाको निर्णय अनुसार शनिबार बिहानदेखि आन्दोलनकारी जमुनाहामा जम्मा भई प्रदर्शनमा उत्रिएका थिए। ढुंगामुढाबाट जमुनाहा प्रहरी ईन्चार्ज प्रहरी नायव निरिक्षक सई विष्णु गिरीसहित केही प्रहरी घाइते भएका  छन् । घाइतेको नेपालगन्जमा उपचार भइरहेको जिप्रकाले जनाएको छ। मोर्चातर्फ पनि केही कार्यकर्ता घाइते भएको बताइए पनि पुष्टि भने भएको छैन।

दोहोरो नाकाबन्दीले जमुनाहाका नाका ठप्प

यसैबीच दोहोरो नाकाबन्दीले जमुनाहा नाका शनिबार ठप्प भएको छ। भारतीय पक्षले सीमापारि र आन्दोलनरत मधेसी मोर्चाले सीमावारि नाकाबन्दी गर्दै नाका ठप्प पारेका छन् । मोर्चाका कार्यकर्ता  जमुनाहास्थित नेपाली सीमा क्षेत्रमा बसेका छन् भने भारतीय पक्षले नेपालतर्फ आउन लागेका सयौं मालबाहक सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाले दोहोरो नाकाबन्दीले शनिबार सीमा पूरै ठप्प भएको जानकारी दिएको छ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले केही दिन यता अघोषित नाकाबन्दी गर्दै सहज रुपमा  नदिएका ५३ वटा पेट्रोलियम ट्याङ्करसहित खाद्यान्न, लत्ता कपडा, सिमेन्ट लगायत सामान बोकेका सवारी साधन विगत तीन दिनदेखि भारतीय बजार रुपैडिहामा रोकिएका अलपत्र छन् ।

Womui
Womui