जमुनाहा नाकामा दोहोरो झडप, दर्जनौं घाइते

96

नेपालगन्ज, असोज ९–
नेपाल–भारत जमुनाहा नाकामा आज दिउँसो झडप हुँदा दर्जनौ घाईते भएका छन् । नाकाबन्दी गरिरहेका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारीतर्फ डेढ दर्जन र आधा दर्जन प्रहरी घाईते भएका हुन् । आन्दोलनकारीतर्फ संघिय समाजवादी फोरम नेपाल निकट महिला संघकी जिल्ला अध्यक्ष ममता बानिया, जमिल शेख, अमृतलाल कुर्मी, रामकुमार सोनी, जगदिसबहादुर सिंह, कुसु कोरी, जमिल बेहना, गुलाम रसुल, रंगीलाल लोनिया, बिनोदकुमार मौर्य, राजेश बर्मा लगायत करिव डेढ दर्जन घाईते भएका छन् ।

ghaite police

यस्तै झडपमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी भिमकिरण बोगटी, प्रहरी नायव निरिक्षक (सई) देवीलाल घर्ती, ईप्रका जमुनाहामा कार्यरत प्रहरी नायव निरिक्षक सई विष्णु गिरी, प्रहरी हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक र कमल खनाल तथा एक जना सशस्त्र प्रहरी घाईते भएका हुन् । आन्दोलनरत मधेसी मोर्चाका प्रवक्ता पशुपतिदयाल मिश्रले भने प्रहरीले लाठी चार्जका साथै रबरको गोली समेत प्रहार गरेको जिकिर गरेका छन्, भने जिल्ला प्रहरी प्रमुख वसन्तकुमार पन्तले आफुहरुले लाठी चार्ज र गोली नचलाएको बताए ।

Womui
Womui