तेस्रो स्वर्गिय मनोज रावल ब्यामिन्टन प्रतियोगिता सुरु

107

नेपालगन्ज, असोज ९–
तेस्रो स्वर्गिय मनोज रावल जिल्ला ब्यापी स्कुल स्तरिय खुल्ला ब्यामिन्टन प्रतियोगिता शनिबारबाट नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा प्रतियोगिताको बिहान एक समारोहका बीच उद्घाटन गरियो । दंगा नियन्त्रण प्रहरी गणका प्रहरी उपरिक्षक अजय भट्टराई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र सिनियर खेलाडी गोविन्द श्रेष्ठले ब्याडमिन्टन प्रशिक्षक अनिल लाखेलाई कक र ¥याकेट हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।

कक र र्याकेट हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरिदै ।
कक र र्याकेट हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरिदै ।

दुई दिन सम्म चल्ने प्रतियोगिता नक आउटका आधारमा खेलाईने आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । प्रतियोगितामा २० वटा बिद्यालय र कलेजका करिव २ सय बिद्यार्थीको सहभागिता रहेको संघका सचिव एवम् प्रशिक्षक लाखेले जानकारी दिए । प्रतियोगितालाई रोचक बनाउन सिनियर ओपन डबल्सको प्रतिस्पर्धा गराईने उनले बताए । ‘प्रतियोगितामा सिनियर ब्वाईज र गल्र्स तथा अन्डर १३–१५ को ब्वाईज र गल्स इभेन्ट समावेश गरिएको छ,’ लाखेले भने ।

प्रतियोगितामा सहभागि विभिन्न बिद्यालयका बिद्यार्थी ।
प्रतियोगितामा सहभागि विभिन्न बिद्यालयका बिद्यार्थी ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने तथा उत्कृष्ठ खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र दिईने भएको छ । प्रतियोगिताको समापन मध्यपश्चिम क्षेत्रीय खेलकु विकास समितिका अध्यक्ष भीम ओलीले आईतबार समापन गर्नेछन् ।

प्रतियोगितामा उदघाटन शत्रमा अतिथीसँग सामुहिक तस्बिर खिचाउँदै ।
प्रतियोगितामा उदघाटन शत्रमा अतिथीसँग सामुहिक तस्बिर खिचाउँदै ।
Womui
Womui