कैलाली दङ्गाग्रस्त क्षेत्र मुक्त, धनगढी र टीकापुरमा कर्फ्यु जारी

27

कैलाली, असोज ७

कैलाली दङ्गाग्रस्त क्षेत्र मुक्त भएको छ । स्थानीय प्रशासनले लगाउँदै आएको दंग्रागस्त क्षेत्र बुधबार रातिबाट हटेपछि जिल्ला दङ्गाग्रस्त क्षेत्र मुक्त भएको हो । जिल्लालाई दङ्गाग्रस्त क्षेत्र मुक्त गरिए पनि धनगढी र टीकापुरमा स्थानीय प्रशासनले एक महिना यता लगाउँदै आएको कर्फ्यू भने बिहीबार पनि जारी राखेको छ । धनगढीमा दिउँसो १ देखि ४ बजेसम्म कर्फ्यू जारी गरिएको छ भने टीकापुरमा बिहान ५ देखि १ बजेसम्म जारी छ । स्थित सामान्य हुँदै गएपछि टीकापुरको कर्फ्यु भने खुकुलो पारिएको स्थानीय प्रशासनले जनायो ।

Womui
Womui