दाङ बन्द पूर्ण रुपमा हट्यो

26

दाङ, असोज ७

झन्डै डेढ महिना बन्दका कार्यक्रम चलेको जिल्ला बिहीबार १२ बजेदेखि पूर्ण रुपमा खुलेको छ । आन्दोलनरत थहरुट/थारुवान संयुक्त संघर्ष समिति र देउखुरी क्षेत्रका उद्योग वाणिज्यसंघका पदाधिकारीबीच भएको छलफलपछि आजदेखि बन्द पूर्ण रूपमा हटाइने सहमति भएको हो। बन्द हटेसँगै अहिले लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आएका छन् भने बजार पूर्ण रुपमा खुल्दा चहलपहल बढेको छ । बन्द खुलेसँगै शिक्षण संस्था, कलकारखाना पनि पूर्ण रूपमा सञ्चालन आएका छन् ।

Womui
Womui