भरुवा बन्दुकसहित तीन पक्राउ

50

झापा, असोज ७–
झापाको शनिअर्जुन नगरपालिका–३ दहिझोडाबाट एक थान भरुवा बन्दुक, ७० ग्राम बारुद छर्रा र एक थान मोटरसाइकलसहित तीनजना पक्राउ परेका छन् । सिकार खेल्न गइरहेको अवस्थामा बधुबार साँझ प्रहरीले पक्राउ गरेको हो । खुदुनाबारी गाविस–८ बस्ने २० वर्षीय सनम खतिवडा र २४ वर्षीय प्रदीप भण्डारी तथा शनिअर्जुन नगरपालिका–३ निवासी २३ वर्षीय गौरव बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui