गुल्मी र अर्घाखाँचीमा दुर्घटना हुँदा दुईको मुत्यु

57

गुल्मी, असोज ७–
गुल्मीमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बीरबासमा लु १ ज १९७० नम्बरको जीप दुर्घटना हुँदा १० वर्षकी बालिका अस्मिता पल्लीको मृत्यु भएको हो । यसैगरी अर्घाखाँचीको हंसपुरमा नेपाल विद्युत प्राधिकरणको बा १ ञ १३५१ नम्बरकोे गाडी दुर्घटना हुँदा प्राधिकरणकै प्राविधिक जीवकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

Womui
Womui