दसैका लागि स्वदेशमै पर्याप्त मुर्ती

235

विजय मल्ल
नेपालगन्ज, असोज ७–
हिन्दुहरुको महानपर्व बडादसै नजिक आइरहदाँ नेपालगन्जका टोल–टोलमा यतिबेला देवी देउताका मुर्ती निर्माणको काम चलिरहेको छ । दसै आउन तीन साता बाँकी रहदाँ यहाँका मुर्तिकारलाई देवीदेउताको मुर्ति निर्माण गर्न भ्याई नभ्याई भएको छ । नेपालगन्जस्थित सरस्वती उच्च माध्यामिक बिद्यालय अगाडी मुर्ती बनाइरहेका अंकित मिश्र तीन महिना अघि देखि नै जुटेका हुन् । उनी अहिले विभिन्न देवीदेउताको मूर्तीको पूर्ण स्वरुप तयार पार्नमा व्यस्त छन् ।
1
दिनरात नभनी करिव १८ घण्टा मुर्ती निमार्ण बनाउन व्यस्त रहेका मिश्रको समुहले देवीदेउताका विभिन्न स्वरुप तथा भाव झल्किने आकर्षक मुर्ती बनाईरहेको छ । नेपालगन्ज टाँगा स्टेसन नजिक बस्ने २१ वर्षिय मिश्र भारतको गोरखपुरमा मुर्ती निर्माणकै लागि ६ वर्ष विताएका थिए । मिश्रले नेपालगन्जमा पछिल्लो ४ वर्षदेखि मुर्ती निमार्ण गरि बिक्री गर्दै आएका छन् । मुर्ती निर्माणलाई नै आफ्नो पेसा बनाएका मिश्रले दशैमा देवी भगवतीको मूर्तीको माग भएकाले सोही अनुरुपका मुर्ती बनाउने गरेको बताएका छन् ।
उनले निमार्ण गरेका मुर्तीको बजार भाउ प्रति मुर्ती (डिजाईन) अनुसार २० हजार देखि ४९ हजार रुपैयाँमा विक्री हुन्छन् । दुई देखि १० फिट सम्मका २५ वटा विभिन्न देवीदेउता, भगवती, नटराज, गणेश लगायतका मुर्ती निमार्ण गरेका छन् । यसखाले मुर्ती पराल, जुटको डोरी, बाँस, चिम्टाईलो कालो माटो, पहेँलो माटो र सुतिकपडाको सहाराले निमार्ण गरिन्छ । विशेषगरि दशै र तिहारमा देवीदेउताको मुर्ती स्थापना गर्ने गरिन्छ । मुर्तीकार मिश्रका अनुसार मुर्ती निमार्ण गर्नु ठूलो कुरा नभई भाव झल्किने साज–सज्जा तथा आर्कषण डिजाईन महत्वपूर्ण हुन्छ । जसका कारण मुर्तीकारले आफ्नो लामो परिश्रमको मिठो फल पाउने गर्छन् ।
2
नेपालगन्ज–७ फुलटेक्राका मुकेश गुप्ताले यसपटक विभिन्न देवीदेवता दुर्गा, सरस्वती, गणेश लगायतका १० वटा मुर्ती बनाएका छन् । उनले दशैलाई लक्षित गरि असारदेखि नै काम सुरुवात गरेका हुन् । नेपालगन्जका गणेशपुर, देवाफुलबारी, फुल्टेक्रा, त्रिभुवन चोक, राप्तीपारी लगायत ठाउँबाट मुर्तीको माग आएकोले भ्याई नभ्याई भएको छ । उनले बनाएका मुर्तीको मुल्य २० हजारबाट सुरुवात हुन्छ । विभिन्न देवीदेउताको विभिन्न स्वरुप तथा भाव झल्किने, डिजाईन, रंगरोगन तथा आभुषणको साज–सज्जाले मुर्तीको भाव घटबढ हुने गुप्ताले बताए । एकलैनी स्थित मुर्तीकार विनय लखेरबाट प्रशिक्षण पाएका गुप्ताले पछिल्लो तीन वर्ष देखि मुर्तीलाई नै आफ्नो मौसमी व्यापारका रुपमा लिएका छन् । उनले यस पटक करिब ४० हजार बढिको लगानीमा मुर्ती तयार पारेका छन् ।
कुनैवेला बाँके जिल्लाका विभिन्न स्थानमा राखिने मुर्तीहरु भारतीय सीमामा रहेको बजार रुपैडिहाबाट नेपाल ल्याईने गरिन्थ्यो । तर पछिल्ला केही वर्षदेखि नेपालगन्जमै यसखाले मुर्ती निर्माण हुन थाले पछि नेपालगन्ज र आसपासका क्षेत्रका मानिसहरु भारतीय बजार धाउन छाडेका छन् । स्थानीय कच्चा बस्तुको प्रयोग गरि मुर्ती निमार्ण त गरिन्छ, तर मुर्तीलाई सक्कली स्वरुपमा ढाल्न तथा आकर्षक गराउन चाहिने सजावटका सामाग्रीहरु ल्याउन भने भारतकै भर पर्नुपर्ने मुर्तीकार अंकित मिश्रा बताउछन् । एकपटक आउने चाडपर्वमा भारतबाट मुर्तीका लागि ल्याइने सामाग्रीमा भन्सारले दुख दिने गरेको उनले आफ्नो अनुभव सुनाए । उनी भन्छन– ‘सामान्य मुर्ती सजावन प्रयोग हुने सामाग्रीमा भन्सार छुट हुनुप¥यो ।’ मुर्तीकार मुकेस गुप्ताले चाडपर्वका लागि राखिने मुर्तिका लागि भारत धाउने गरेका नेपालगन्जबासीलाई आफुले निर्माण गरेको मुर्तिका कारण धेरै राहत भएको बताए ।

 

Womui
Womui