आन्दोलनको मौका छोप्दै भारतले संरचना बनाउँदै

93

नेपालगन्ज, असोज ७–
तराई क्षेत्रमा चलेको आन्दोलनको मौका छोप्दै भारतले सीमाक्षेत्र दसगजामा विवादास्पद भौतिक संरचना निर्माणको कामलाई दु्रत गतिले अगाडि बढाएको छ। भारतले अन्तर्रा्ष्ट्रिय नियमविपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र इन्डो–नेपाल समानान्तर सडक (बाँधजस्तो सडक) का कारण बाँकेको हजारौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुनुका साथै हजारौं स्थानीय बासिन्दा विस्थापित हुँदै आएका छन् । भारतीय पक्की संरचनाले राप्ती नदीको निकास थुन्दा हरेक वर्ष वर्षायामको समयमा जिल्लाको होलिया, गंगापुर, मटेहिया, फत्तेपुर, बेतहनी, बनकट्टी, कम्दी लगायतका गाविसहरु डुब्ने गरेका छन्। यसका साथै भारतले गत वर्षदेखि निर्माण थालेको ’बाँधजस्तो सडक’का कारण हिरमिनिया, साइगाउँ, भवानीयापुर लगायत गाविस डुब्न थालेका छन् ।

नेपाली भूमि बर्से्नि डुबानमा परेपछि ती पक्की संरचना भत्काउनुपर्ने माग स्थानीय बासिन्दाले राखिरहेका बेला तराई केन्द्रित आन्दोलनको मौका छोप्दै भारतले यी संरचनालाई अझ बलियो बनाएको हो । भारतले केही महिनादेखि विवादास्पद कलकलवा बाँधलाई इन्डो–नेपाल समानान्तर सडकमा परिणत गर्दै धमाधम कालोपत्रे गरिरहेको बाँके होलियाका स्थानीय बासिन्दा राजकुमार शुक्लाले बताए। ’यही बाँधले गर्दा हरेक वर्ष राप्ती नदीको बाढीमा हामी डुबानमा पर्छौं, भारतले यही बेला बाँधको उचाइ र चौडाइ थपेर धमाधम कालोपत्रे गरिरहेको छ,’ उनले भने । यस्तै हिरमिनिया क्षेत्रमा पनि बाँध जस्तो सडकलाई कलकलवा बाँधसँग जोडेर पक्की बनाउन थालेको शुक्लाले जानकारी दिए। तराई क्षेत्रमा आन्दोलन चल्दा पक्की संरचना बनाउन भारतलाई सहज भएको उनको बुझाइ छ। यसअघि पनि भारतले नेपाली पक्षलाई थाहै नदिएर ठूल्ठूला स्पर निर्माण गरेको थियो।

कलकलवा तटबन्धबाट राप्ती नदीको बहाब रोक्न तथा दसगजा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी)को गस्ती, पेट्रोलिङ बढाउन संरचना बढाउँदै लगेको भारतीय सीमा अधिकारीले बताएका छन् । बाढी प्रभावित क्षेत्रमा करिब ९५ प्रतिशत जनसंख्या मधेसी समुदायको छ । सीमावर्ती क्षेत्रमा बस्ने मधेसी समुदायले भारतले बनाएका पक्की संरचनाबाट बाढीको समस्या बर्से्नि खेप्दै आएका छन् । लक्ष्मणपुर बाँध, कलकलवा तटबन्धमा निर्मित पक्की संरचना र बाँध जस्तो सडकले आफ्नो बस्तीमा दीर्घकालीन रुपमा असर पुर्याषउने स्थानीय बासिन्दामा त्रास छाएको आजको नागरिकमा खबर छ ।

Womui
Womui