अन्ततः प्रधानमन्त्रीको न्यूर्योक भ्रमण स्थगित

40

काठमाडौं, असोज ६–
अन्ततः प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो न्यूर्योक भ्रमणमा स्थगित गरेका छन् । उनले अन्तिम समयमा भ्रमणमा नजाने निर्णय गरेका हुन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले कोईराला भ्रमणमा नजाने जानकारी दिएका हुनु् । संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय जम्वो टोली आज साँझ ५ बजे न्युर्योक प्रस्थान गर्ने कार्यक्रम थियो ।
मुलुक संकटमा रहेका बेला प्रधानमन्त्रीलाई विदेश भ्रमणमा नजान धेरैले सुझाव दिएका थिए ।images

बालुवाटारमा गएराती सम्पन्न प्रमुख दलको बैठकमा समेत एमाले अध्यक्ष केपी ओली र एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कोइरालाई अमेरिका नजान सुझाव दिएका थिए । प्रधानमन्त्रीको भ्रमण स्थगित भएपछि नेपालका लागि भारतीय राजदूत रणजित रे ले आजै कोईरालालाई भेट्ने भएका छन् । दिल्लीमा रहेका राजदूत रे त्रिभुवन विमानस्थलबाट सिधै बिहान ११ बजे प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुग्ने बताइएको छ ।

Womui
Womui