प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्थगित हुने संकेत

25

काठमाडौं, असोज ६–
प्रधानमन्त्री सुशील कोइरालाको न्यूयोर्क भ्रमण स्थगित हुने संकेत देखिएको छ । भ्रमण स्थगितको औपचारिक निर्णय बाहिर नआएपनि प्रधानमन्त्री निकट स्रोतले भ्रमण स्थगित हुने सम्भावनाको पुष्टी गरेको हो । ‘चौतर्फी रुपमा भ्रमण स्थगित गर्ने सुझाव आएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘देशको जटिल परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्री ज्यूले भ्रमण स्थगित गर्ने मनस्थिती बनाउनु भएको छ ।’ imagesयसअघि प्रधानमन्त्री सुशील कोईरालालाई न्यूयोर्क भ्रमणमा नजान प्रमुख दलका शिर्ष नेताले सुझाव दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमणमा नजान सुझाव दिएका हुन् । यससँगै कोइरालाको बुधबारको विदेश यात्रा अन्यौलमा परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म चलेको तीन दलका शीर्ष नेताहरुको बैठकमा कोइरालाको न्यूयोर्क भ्रमणबारे छलफल भएको थियो ।

Womui
Womui