‘ब्याक अफ इन्डिया’ भन्दै प्रदर्शन

51

काठमाडौं, असोज ६

‘ब्याक अफ इन्डिया’ अभियान अन्तर्गत आरआर क्याम्पस अगाडि  स्वतन्त्र रूपमा युवाहरुले विरोध प्रदर्शन गरेका छन्। नेपालको राजनीतिमा भारतले हस्तक्षेप गरेको भन्दै त्यसविरुद्ध युवाहरु एकजुट भई विरोधमा उत्रिएका हुन।  संविधानसभाबाट संविधान घोषणा भए लगत्तै असन्तुष्ट मधेशवादी दलहरुको आन्दोलनमा भारतले समर्थन जनाउँदै नाकाबन्दी गर्ने संकेत गरे लगत्तै विश्वभरीका सामाजिक सन्जालहरुमा भारतको उक्त नीतिको विरोध सुरु भएको थियो।विरोध कार्यक्रमले नेपाली युवाहरु राष्ट्रियताको विषयमा एक भएको सन्देश दिएका थिए।

Womui
Womui