धरानमा मजदुरद्धारा बन्दको प्रतिकार

24

सुनसरी, असोज ६–
धरानका मजदुरहरुले आज बिहान बन्दको प्रतिकार गरेका छन् । लगातारको बन्दले आफुहरुको रोजीरोटी गुमेको भन्दै बन्दकर्ता लिम्बुवान संयुक्त संघर्ष समितिले विरोध कार्यक्रम गरिरहेको अवस्थामा स्थानीय भानुचोकमा स्वतःस्फुर्त रुपमा सयौंको संख्यामा जम्मा भएका मजदुरले प्रतिकार गरेका हुन् । स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका मजदुरहरुले मजदुर संगठनका प्रतिनीधिलाई ल्याएर कोणसभामा बोल्न समेत लगाए ।
मजदुरहरुले ग्यारेजमा थन्किएका बस भानुचोकमा निकालेका छन, भने बजार क्षेत्रमा पसलहरु खुलाएका छन् । मजदुरहरुले भानुचोकमा कोणसभा गर्दै आफुहरुले कसैको बन्दको विरोध भन्दापनि आफ्नो जीवनयापन गर्नकालागि बन्दको प्रतिकार गरेको बताएका छन् । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका कोशी अञ्चल उपाध्यक्ष लक्ष्मी बानियाँले मजदुरहरु बाध्य भएर बन्द खुलाउन सडकमा निस्किनु परेको बताए । सयौंको संख्यामा मजदुरहरु सडकमा उत्रिएर बन्द खुलाउन थालेपछि अरु दिन सडकमा डोरी टाँगेर बन्द गर्ने आन्दोलनकारी भने देखिएनन् ।

Womui
Womui