भारतले नेपाललाई नाकाबन्दी लगाउन नसक्ने ओलीको दाबी

46

काठमाडौ, असोज ५

oli1नयाँ संविधान नेपाली जनताको पक्षमा रहेको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले नेपाललाई नाकाबन्दी लगाउनै नसक्ने दाबी गरेका छन्। एमालेले राखेको चियापान कार्यक्रममा बोल्दै ओलीले नेपालमा जारी संविधानप्रति भारत अन्तुष्ट कारण नरहेको बताउँदै  भारतले नेपाललाई नाकाबन्दी गर्छ भन्नेमा आफूलाई विश्वास नलागेको बताए। असुरक्षाको विषय देखाउँदै नाकाबन्दी गर्न खोज्नु गलत भएको बताउँदै ओलीले भने,‘हामीसँग कुनै सुरक्षा खतरा छैन, भारतलाई कुनै अफ्ठेरो हुनु पर्ने कारण छैन । यदि कारण भए त्यस विषयमा आफूहरू भारतसरकारसँग वार्ता गर्न तयार रहेको बताए।

यसैबीच एमालेले आयोजना गरेको चियापानमा कार्यक्रममा प्रधानमन्त्रीलगायत कांग्रेसका नेताहरु, एमाओवादी अध्यक्ष, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द लगायतका नेता उपस्थित थिए ।

Womui
Womui