नयाँ संविधानलाई सामुदायिक वन महासंघको स्वागत

112

नेपालगन्ज, असोज ५–
लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएकोमा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ बाँकेले संविधानसभा प्रति धन्यवाद ज्ञापन गरेको छ । महासंघका अध्यक्ष डिल्ली गिरीले एक विज्ञप्ती प्रकाशित गरी नयाँ संविधानको स्वागत गरेका हुन् । ‘प्राकृतिक स्रोतमा स्थानीय समुदायको सामुदायिक सम्पत्तिको हक र सामुदायिक व्यवस्थापनका लागि संविधानमा विशेष व्यवस्था गर्नका लागि महासंघ लगायत प्राकृतिक स्रोतको क्षेत्रमा क्रियाशिल नागरिक समाजले निरन्तर रुपमा माग राख्दै आएको भएतापनि यो विषयलाई नयाँ संविधानमा स्पष्ट रुपमा सम्वोधन गरिएन,’ विज्ञप्तीमा भनिएको छ ।
fff
केही कमी कमजोरीका बाबजुद नेपालको संविधान २०७२ मा वातावरणीय न्याय, खाद्य सुरक्षा, आवास र स्वच्छ खानेपानी जस्ता सामुहिक प्रकृतिका मौलिक हकहरु र प्राकृतिक स्रोतबाट प्राप्त लाभको स्थानीय समुदायसँग समेत समन्यायिक बाँडफाँट गर्ने तथा प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायलाई लगानी गर्न दिने जस्ता विभिन्न सकारात्मक व्यवस्था गरिएकोले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने अध्यक्ष गिरीले जोड दिएका छन् ।

Womui
Womui