महोत्तरीका सम्पूर्ण नाका सिल

35
महोत्तरी, असोज ५
भारतले महोत्तरीका सबै नाका सिल गरेको छ । मधेसमा भइरहेको आन्दोलनका कारण भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा व्यवस्था कडा पार्दै सम्पूर्ण नाका सिल गरेको हो । जिल्लाका नाकामा मानिसको आवतजावतमा रोक लगाउँदै सामान ढुवानी गर्न समेत दिइएको छैन ।
भारतले संविधान जारी भएको २४ घण्टाभित्रै दुईपटक वक्तव्य जारी गर्दै असन्तुष्टि जनाएको थियो। अघिल्लो पत्रमा नेपालको संविधानलाई समर्थन नगर्ने भन्दै सांकेतिक चेतावनी दिएको भारत सरकारले सोमबार राति झनै कडा वक्तव्य निकाल्दै सीमा नाका र ढुवानी बन्द गर्ने सम्मको चेतावनी दिएको थियो। बिहार–नेपाललाई सबैभन्दा संवेदनशील र अवाञ्छित आवतजावतको बिन्दु भन्दै गृह मन्त्रालयले थप सीमा सुरक्षा बल तैनाथ गराउन बिहार राज्य सरकारलाई निर्देशन दिएपछि महोत्तरीका नेपाली नाका सिल गरिएको हो।
भारतले बिहार राज्यमा असोज २५ देखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको सन्दर्भ जोडदै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्तिमार्फत सचेत गराएको थियो।  नेपालमा जारी नयाँ संविधानले भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढाएको बताउँदै सीमा क्षेत्रमा जारी तनाव  अन्त्य गर्न नेपाल सरकारले पहल नगरेको कारण देखाउँदै नेपालसँग जोडिएका सबै आवतजावत नाका बन्द गरिएको हो ।  मंगलबार बिहानदेखि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने नाकामा नेपाल भारत तर्फका उल्लेख रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय सीमा क्षेत्रमा ४८ घण्टे विशेष पेट्रोलियम सेवा सञ्चालनमा ल्याएका छन्।
Womui
Womui