भारतीय भन्सारद्वारा पेट्रोलियम पदार्थमा रोक नलगाएको दाबी

55

काठमाडौं, असोज ५

भारतीय भन्सारले पेट्रोलियम पदार्थमा रोक नलगाएको दाबी गरेको छ। नेपालमा हुने निकासीमा भारतबाट कुनै प्रकारको रोक नलागेको रक्सौलस्थित भारतीय भन्सारले दाबी गरेको हो । रक्सौल भन्सार कार्यालयका अनुसार बिहारको चुनाव र मधेसको अवस्था हेरेर सुरक्षाकर्मीले चेकजाँच कडा गरेका कारण यहाँ थन्किएका पेट्रोलियम पदार्थ बोकेका गाडी निकासी हुन समय लागेको हो । अहिले त्यहाँ थन्किएका २७ वटा ट्याङकरलाई नेपाल प्रवेश गराइएको छ । नेपाल आयल निगमका अनुसार भन्सारमा कागजपत्र बुझाएलगत्तै सबै ट्यांकर नेपाल प्रवेश गरेका हुन् ।

 

 

Womui
Womui