चर्चमा बम विष्फोट गराउने पक्राउ

49

झापा, असोज ५

जिल्लाका विभिन्न स्थामा रहेका चर्चमा बम विष्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । चर्चमा बम विष्फोट गराउनेमा मोरङ कटहरी बस्ने राम भण्डारी, बिर्तामोडस्थित राष्ट्रिय जागरणका कृष्ण चुँडाल र राष्ट्रिय स‌ंयुक्त धार्मिक मञ्चका रामचन्द्र बानियाँ हुन् । उनीहरुले जिल्लाका दमक, गौरादह, खजुरगाछी र सुरुङ्गामा रहेका चर्चमा बम विष्फोट गराएका थिए ।

Womui
Womui