प्रहरी चौकीमा गोली चल्दा जवानको मृत्यु

31

सिन्धुपाल्चोक, असोज ५–
सिन्धुपाल्चोकको ठोकरपा प्रहरी चौकीमा गोली चल्दा एक जवानको मृत्यु भएको छ । ड्यूटीमा रहेका जवान अशोक बरालले प्रहार गरेको गोली लागेर प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको हो । डीएसपी विश्व अधिकारीका अनुसार राति ९ बजेर ५० मीनेट जाँदाको घटना हो । बरालले गोली चलाएको देखिएको र रेशमको घटनास्थलमै मृत्यु भएको उनले बताए । उक्त घटनापछि जवान बराल राइफल छाडेर फरार रहेको अधिकारीले बताए । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिवीका कारण घटना भएको प्रहरीको आशंका छ । रेशम र अशोक प्रहरी चौकी ठोकरपामा एकै समय ड्यूटीमा रहेका थिए ।

Womui
Womui