संविधानको खुसीयालीमा आज एमालेको चियापान

120

काठमाडौं, असोज ५–
संविधान घोषणा भएको खुसियाली स्वरुप सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा चियापान कार्यक्रम गर्ने भएको छ । राजधानीको दशरथ रंगशालामा दिउँसो १ बजेदेखि चियापान कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा सहभागिताका लागि एमालेले ४० हजार भन्दा बढीलाई निमन्त्रणा कार्ड बाँडेको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
imgresचियापान दिउँसो १ बजेदेखि ३ बजेसम्म सर्वसाधारण, पार्टीका कार्यकर्ता तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट पाहुनाका लागि सञ्चालन गरिने जनाइएको छ । एमालेले रंगशालामा कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुख, प्रमुख राजनीतिक दलका नेता, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु सबैलाई चियापानमा आमन्त्रण गरेको छ ।

Womui
Womui