संविधान बनिसकेपछि देशले फड्को मार्ने सर्वत्र विश्वास

47

नेपालगन्ज, असोज ४–
संविधान घोषणा भइसकेपछि देशले विकासमा फड्को मार्ने विभिन्न बक्ताले बताएका छन् । नेपालगन्जमा सोमबार आयोजित संयुक्त सभामा बोल्ने बक्ताले देशमा अब आर्थिक समृद्धि, राजनीतिक स्थिरता, विकास, शान्ति र अमनचयन कायम रहने विश्वास गरे । संविधान घोषणा भएपछि पहिलो पटक गृहजिल्ला आएका रुपान्तरित व्यवस्थापिका संसदका सांसदहरुले नेपाली जनताको ठुलो त्याग र तपस्याले संविधान ल्याउन सफल भएको र पहिलो पटक जारी भएको जनताको संविधानलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे ।

संयुक्त सभामा मौन धारण गरिदै ।
संयुक्त सभामा मौन धारण गरिदै ।
संयुक्त सभामा उपस्थित सर्वसाधारण ।
संयुक्त सभामा उपस्थित सर्वसाधारण ।

स्थानीय शान्ति समिति बाँकेका संयोजक तथा नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति कृष्णमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सभालाई काँग्रेसका सांसद बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, एमाले सांसद दलबहादुर सुनार, एमाओबादीकी सांसद अन्जना चौधरी, काँग्रेस कार्यबाहक सभापति लाहुराम थारु, एमाले अध्यक्ष अशोक कोईराला, एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य महेश्वर गहतराज, राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य मोबिना खातुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कृष्ण खरेल, पुर्व सभासद मोहम्मद्धी सिद्धिकी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एकिकृत माओबादीका नरेन्द्र न्यौपाने, काँग्रेस बाँकेका सचिव विजय यादव लगायतले सम्बोधन गरेका थिए । सभाअघि आयोजित ¥यालीमा हजारौंको सहभागिता रहेको थियो ।

Womui
Womui