संविधानलाई स्वागत गर्दै नेपालगन्जमा उर्लियो मानव सागर

140

नेपालगन्ज, असोज ४

npj1

नयाँ संविधान २०७२ घोषणा भएको खुसीयाली मनाउँदै नेपालगन्जमा खुसीयाली र्‍याली निकालिएको छ । नयाँ संविधानलाई स्वागत गर्दै नेपालगन्जमा मानव सागर उर्लिएको छ। उपमहानगरको पुष्पलालचोक¸ खजुरारोडलगायतका निस्केको र्‍यली सुर्खेतरोड हुँदै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पछाडि रहेको आँफको बगैंचामा पुगेर कोण सभामा परिणत भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओबादी¸ राष्ट्रिय जनमोर्चालगायत दलको संयुक्त आयोजनामा निकालिएको र्‍यालीमा हजारौंको सङ्ख्यामा आम सर्वसाधारणको घुइँचो लागेको छ।

अहिले सभालाई विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यक्रम चलिरहेको छ भने खुसीयाली र्‍यालीमा सर्वसाधारणको सहभागिता उल्लेख्य मात्रामा रहेको छ । र्‍यालीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Womui
Womui