समाचार सम्प्रेषण नगरेको भन्दै प्रदर्शनकारीले अन्नपूर्ण पोष्ट जलाए

108

विरगन्ज, असोज ४

annupurna postविरगन्ज र कलैयाका लागि आउँदै गरेको गाडीबाट पत्रिका निकालेर संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अन्नपूर्ण पोष्ट जलाएका छन् । मधेसमा चलिरहेको आन्दोलनको पक्षमा समाचार नलेखेको भन्दै मोर्चाका कार्यकर्ताले पत्रिका जलाएका हुन् ।

हेटौडादेखि पत्रिका लिएर गाडीबाट विरगन्जस्थित राजपथको चैनपुर चोकमा प्रदर्शनकारीले गाडी रोकेर पत्रिका निकाली आगो लगाएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। इलाका प्रहरी कार्यालयका अनुसार गाडीमा चार सय बढी पत्रिका थियो भने प्रदर्शनकारीले पत्रिका बोकेको गाडीलाई  हेटौडातर्फ फर्काइ दिएका थिए ।

Womui
Womui