काठमाडौंमा आज आमसभा, तीन शीर्ष नेताको सम्बोधन

42

काठमाडौं, असोज ४–
नयाँ संविधान घोषणा भएको खुसियालीमा सरकारले आज राजधानीस्थित सैनिक मञ्च टुँडीखेलमा आमसभा आयोजना गरेको छ । आम सभालाई प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । टुँडिखेलमा सञ्चालन हुने कार्यक्रमलाई भव्य बनाउन सरकारकै तर्फबाट तयारी गरिएको छ । मञ्च सजावटको सबै खर्च सरकारले व्यहोर्ने छ ।

सभासमा अनिवार्य उपस्थित हुन सरकारी कर्मचारीलाई सरकारले उर्दी गरेको छ । मन्त्रिपरिषद बैठकले कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री सुशील कोइरालाले सभालाई भव्य बनाउन गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका छन् । सैनिकमञ्च टुँडिखेलमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले बेग्लाबेग्लै स्थानबाट ¥याली निकाल्दैछन् । । नेपाली कांग्रेसले शान्तिबाटिकाबाट, नेकपा एमालेले बागबजारबाट र एमाओवादीले प्रदर्शनीमार्गबाट ¥याली निकाल्ने बताइएको छ । तीन शीर्ष नेताहरु मध्यान्ह १२ बजे उक्त ठाउँमा भेला भएर ¥यालीको नेतृत्व गर्नेछन् ।

Womui
Womui