नेपालगन्जमा आज संयुक्त रुपमा खुसीयाली र्‍याली निकालिने

48

नेपालगन्ज, असोज ४
नयाँ संविधान २०७२ घोषणा भएको खुसियालीमा नेपालगन्जमा आज बृहत खुसियाली र्याली निकालिने भएको छ । नेपाली काँगे्रस, नेकपा एमाले, एकिकृत नेकपा माओबादी लगायत दलको संयुक्त आयोजनामा र्याली निकालिने भएको हो । नेपाली काँग्रेस बाँकेका सचिव रबीन्द्र हमालले दिएको जानकारी अनुसार दिउँसो १ बजे पुष्पलाल चोकबाट र्याली सुरु गरेर धम्बोझी, विपी चोक हुदै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पछाडीको आँप बगियामा पुगेर सभामा परिणत हुनेछ । सभालाई ः स्शविभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । खुसियाली र्यालीमा सर्वसाधारणको स्वतः स्र्फुत रुपमा सहभागिता रहने काँग्रेस सचिव हमालले बताए । र्यालीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ ।

Womui
Womui