७५ किलोको मैनबत्ती बालेर संविधानको स्वागत

125

डडेल्धुरा, असोज ४–
नयाँ संविधान २०७२ लाई डडेल्धुरामा ७५ किलोको मैनबत्ती बालेर स्वागत गरिएको छ । स्थानीय १ सय २० वर्षीया बृद्धा पार्वती खड्काले ७५ किलोको मैनबत्ती बालेकी हुन् । स्थानीय शान्ति समिति डडेल्धुराले आइतबार बेलुका गरेको कार्यक्रममा सदरमुकामको मुख्य चोक तुफानडाडाँमा ७५किलोको मैनबत्ती बालिएको थियो । देशमामा समृद्धि र शान्ति कामय होस भनेर आफूहरुले ७५ जिल्लाको प्रतिकका रुपमा ७५ केजीको मैनबत्ती बालेकोे शान्ति समिति संयोजक गजेन्द्रबहादुर शाहीले जानकारी दिए । सदरमुकामको तुफानडाँडा चोकमा करिव ५ हजारको सहभागिता रहेको थियो । तीनदिन लगाएर बनाएको ७५ केजीको मैनबत्ती डडेल्धुरामै निर्माण गरिएको हो ।

एक सय २० वर्षीया बृद्धा पार्वती खड्का मैनबत्ती बाल्दै । तस्बिर : बरुण पनेरु
एक सय २० वर्षीया बृद्धा पार्वती खड्का मैनबत्ती बाल्दै ।
तस्बिर : बरुण पनेरु

 

Womui
Womui