कालोपट्टी बाँधेर नेपालगन्जमा मोर्चाको मौन जुलुस

105

नेपालगन्ज, असोज ३–
आन्दोलनरत मधेसी मोर्चाले आइतबार दिउँसो नेपालगन्जमा मौन जुलुस निकालेको छ । संविधान निर्माणमा असहमती जनाउँदै आएको मोर्चाले त्रिभुवन चोकबाट मौन जुलुस निकालेर नगरका विभिन्न भागको परिक्रमा गरेको हो । हात र मुखमा कालो पट्टी बाँधेर उनीहरु प्रर्दशनमा उत्रिएका थिए ।

नेपालगन्जमा आइतबार दिउँसो निकालिएको मौन जुलुसमा सहभागि । तस्बिर : एफबी
नेपालगन्जमा आइतबार दिउँसो निकालिएको मौन जुलुसमा सहभागि । तस्बिर : एफबी

उनीहरुले मधेसी समुदायलाई उपेक्षा गरेर घोषणा गर्ने संविधान मान्य नहुने चेतावनी दिएका छन् । संविधान घोषणा अवसरमा आयोजना गरिने दीप प्रज्वलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आइतबार बिहानबाट निषेधाज्ञा हटाएको थियो । प्रशासनले निषेधाज्ञा हटाएपछि सडकमा निस्कन छाडेको मोर्चाले आइतबार प्रर्दशन गरेको हो । आइतबार बेलुका गर्ने दीप प्रज्वलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपालगन्जको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

Womui
Womui