विरगन्ज तनावग्रस्त, गोली लागि एकको मृत्यु

49

विरगन्ज, असोज ३

जिल्लामा कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। उक्त गोली लागि  स्थानीय पकाहमैनपुरका सत्रुधन पटेलको मृत्यु भएको हो । यस्तै प्रहरीको गोली लागि ३ जना गम्भीर घाइते भएका छन्। प्रहरी र प्रदर्शनकारीको झडपमा करिब तीन दर्जन घाइते भएका हुन् । घाइतेहरूको वीरगन्ज उपक्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ। अहिले वीरगन्जको घन्टाघर, माइस्थान क्षेत्र तनावग्रस्त छ।

Womui
Womui