सुर्खेत, राजन बुढा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नम्बर ९ मा वडा भेला सप्पन्न गरेको छ । अनुचित लेनदेन मिटर ब्याजका कारण आत्महत्या गर्ने स्थितिमा पुगेका जनताहरुको पिडाको वास्तविकता बुझ्नको लागि पार्टीका सुर्खेत जिल्ला सह-संयोजक विनोद लामाले बिहीबार त्यहाँ पुगेका थिए ।
करिव १०३ जाना स्थानीय पीडितहरुको सहभागिता रहेको गाउँ भेलाबाट ३१ जनाको क्रान्तिकारी महिला संगठन समिति गठन भएको छ भने ३१ जनाको मगर मुक्ति मोर्चा गठन भएको छ। क्रान्तिकारी महिला संघसंगठनको संयोजक बिजिका बोहरा चयन भएकी छ्न भने टीका नेपाली सह-संयोजक चयन भएकी हुन ।
त्यसैगरि मगर मुक्ति मोर्चाको संयोजकमा गङ्गाराम रामजाली चयन भएका छन भने शंकविर रामजाली सह-संयोजकमा चयन भएका छन ।
नवगठित संघसंगठन तथा मोर्चाका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै हाल चलिरहेको बित्तीय भ्रस्टाचार र अपराधीक गतिविधिका बिरुद्धमा एकजुट भइ लाग्न जरुरी रहेको कुरा पार्टी सह-संयोजक विनोद लमाले उल्लेख गरेका हुन । यतिमात्र नभई अन्यायका विरुद्ध निरन्तर क्रान्ति र संघर्षको मुक्तिको बाटोलाई आत्मसाथ गर्नुपर्ने कुरा शिकायको सामाचार श्रोतले बताएको छ ।
