क्रान्तिकारी कम्युनिस्ट पार्टी जाजरकोटले भ्रष्टलाई कारवाहीको माग गर्‍यो !

36

राजन , जाजरकोट

क्रान्तिकारी कम्युनिस्ट पार्टी जाजरकोटले अनियमितताको विषयलाई लिएर दोसिलाई कार्वाहीको दायरामा ल्याउनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा माग पत्र बुझाएको छ । माग पत्रमा देशमा चलिरहेको दलाल तथा नोकरशाही पूंजीवादी व्यवस्थाले क्रमशः एक पछि अर्को गर्दै गरिरहेकोे जनराष्ट्रघाती कामहरुले गर्दा राष्ट्रियता, जनतन्त्र र जनजिवीका शंकटपुर्ण घडीमा पुगेको कुरा उल्लेख छ ।

त्यसै शिलशिलामा जाजरकोट जिल्लामा पनि अनगिनत भ्रष्टाचार तथा कमिशनखोरीका उदाहरणहरु रहेको र त्यस मध्य गम्भीर अख्तियारी दुरुपयोग तथा गैरकानुनी जनघाती  कार्यहरू प्रति पार्टीको घोर आपत्ती रहेको कुरा माग पत्रमा उल्लेख छ । नलगाड नगरपालिकाको ११ नम्बर वडाको चौखा बजार नजिकको उखाले तल्लु हितानगाउँ सडक निर्माणलाई देखाउदै उपभोक्ता समितिले नलगाड नगरपालिका र पुर्वाधार विकास कार्यालय जाजरकोट गरि दुई बजेट निकालिएको कुरामा प्रती ध्यानाकषिर्त गराएको छ । सो उपभोक्ता समिति र यी दुई कार्यालयका कर्मचारी बिचको सम्बन्धको रहस्य के हो भन्ने कुरा अध्ययनको विषय बनेको कुरा पत्रमा उल्लेख छ ।

कुसे गााउँपालिका ८ कफल्नाको मष्ट प्राााथमिक विद्यालयका प्रधानध्यापक हस्त बहादुर रोकायले ५,७८,१८८/- (पाँच लाख अठत्तर हजार अठासी) विद्यालयको रुपैयाँ  हिनामिना गरेको कुरा, छेडागाड नगरपालिका भित्रका जिम्मेवार व्यक्तिहरुले  ४२ लाखको भातको विल पेश गरेको कुरा, नलगाड बहुमुखी क्याम्पस दल्लीका प्रमुख काली बहादुर पुनले गरेको अनियमितताको कुरा, विकासको बजेटमा १५% देखि २०% सम्म खुलेआम कमिशन लिनेदिने गरेको कुरा र जिल्लामा अस्पताल जाजरकोटमा ठुला कर्मचारीले साना कर्मचारी माथी गरेको अभद्र व्यवहार आदि ईत्यादी विषयहरु माथि सरकारको ध्यानाकर्षण गराउन र भ्रष्टलाई कार्वाही गर्न माग पत्र बुझाएको कुरा पार्टीका जाजरकोट जिल्ला संयोजक कमरेड हिमालले जानकारी दिएका हुन ।

Womui
Womui