सुर्खेतमा मिटरब्याजीहरुको विगविगी ! क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पिडितको जग्गा फिर्ता गरायो ।

212

राजन, सुर्खेत
सुर्खेत जिल्लामा मिटर व्याजी र लघुवित्तिय शोषणको विविगी चलिरहेको छ । पैसा लगानी गरेर अटोपास गरि जग्गा लिएका छन् साथै पैसाको डबलको कागज अनि चेक पनि लिएका छन् । चर्को व्याज, व्याजको स्याज गर्दै गर्दा ऋणीहरु साहुले पासोको चारोको रुपमा लगाएको ऋण रकमले कहिल्यै ऋणबाट मुक्ति नपाउने भएको कुरा श्रोतले बताएको छ । त्यसले गर्दा कयौंका घर जग्गा लिलाम हुने र अन्तिममा काराबास सम्म व्यहोर्नुपर्ने स्थितिमा पुगेका छन् भने कयौं व्यक्तिहरु घरछोडी भागेका छन् कयौंका घर जग्गा लिलाम भएर खाने गाँस बस्ने बासको अवस्था नभएको स्थिति छ । यस्तो अवस्थाका कारण अनुचित लेनदेन, मिटर व्याज, ठगी आदि इत्यादीले गर्दा पिडितहरु कतिले आत्मदाह गरिसकेका छन् भने कति आत्मदाह गर्ने स्थितिमा पुगेका छन् । उता लघुवित्तिय संस्थामा पनि जम्मा गरे अनुसारको रकम जम्मा नभएको, जम्मा कर्ताले ननिकालेको रकम पनि संस्थाका मालिक र कर्मचारीको मिलेमतोमा रकम निकालिएको जस्ता गम्भिर वित्तीय अपराधहरु भएका छन् । हामी यी अपराधका विषयमा त क्रमशः न्युज प्रकाशित गरिरहेका छौं र गरिरहने छौं ।
आज भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पहलमा एकजना पिडितले आफ्नो जग्गा फिर्ता कसरी पाए ? चर्चा गरौं गर्न गईरहेका छौं । सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. १३ कहरेखोला बसोबास गर्ने मनिस कामीको ३ कट्टा जग्गा फिर्ता भएको कुरा श्रोतले जनाएकोछ । सुर्खेत जिलला विरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने तथा शुभ विहानी सहकारी संस्था विरेन्द्रनगर नगरपालिका वडा नं. ६ सर्खेतका मालिक भुपेन्द्र थापामगरले निज ऋणी मनिस कामीलाई मिति २०७८ सालमा रु ३०००००(अक्षेरेपी तिनलाख मात्र) रकमत दिई साविक सुर्खेत जिल्ला जर्बुटा गाविस वडा नंं. ६, हाल विरेन्द्रनगर नगरपालिका वडा नं. १३ को १०१५.८९ वर्गमिटर(तिन कट्टा) जग्गा अटो पास गरिलिएका थिए । तर हाल भने ४ प्रतिशतका

दरले ब्याज सहित ऋण तिरे मात्र जग्गा फिर्ता गर्ने नत्र भन्दै आलटाल गरेपछि पिडित क्रान्तिकारी कम्युनिस्ट पार्टीको गएको पिडितले बताएका छन् । मिति २०८० भाद्र २१ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सर्खेत जिल्लाले पिडित व्यक्तिको नाममा जग्गा फिर्ता गराएको श्रोतले बताएको छ ।
सुर्खेत जिल्ला लेकबेशी नगरपालिका ९,का तपसिलमा उल्लेखित व्यक्तिहरुले तल उल्लेखित लघुवित्तीय संस्थाहरुमा ऋण चुक्ता गरिसक्दा समेत धितो स्वरुप लिएका जमिनहरु फिर्ता नभएको कुरा पिडितहरुले बताएका छन् ।

Womui
Womui