क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चलायो निशुल्क स्वास्थ्य सम्बन्धि छलफल

41

राजन, नेपालगन्ज

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेशले शिक्षा र स्वास्थ्य सर्वसुलभ र निशुल्क हुनुपर्ने माक्र्सवादी मान्यता अनुसार हालको न्युनतम कार्यक्रम जेष्ठ नागरिहरुलाई र क्यान्सर, मुटु, मृगौला लगाएत दिर्घरोगीहरुको निशुल्क उपचार गराउनु पर्ने प्रदेश पार्टीले गरेको निर्णयलाई कार्यन्वयनका गर्नका लागि मिति २०८० भाद्र १७ गते पार्टीको केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग ६ नं. प्रदेश संयोजक लक्ष्मी चौलागाई भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुगेकी हुन् । चौलागाईले अस्पतालकाका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. संकेत रिसालसँग अस्पतालका सुविधाहरु र समस्याबारे प्रश्नावली तेर्साउँदै छलफल अगाडी बढाएकी थिइन । कुराकानीका क्रममा डाक्टर रिसालले मृगौला सम्बन्धी विरामीहरुको डाईलाइसिस तत्काल शुरु हुने भएको कुरा बताएका छन् । प्राय: सवै रोगीहरुको उपचार हुने गरेको बताउँदै स्वास्थ्य सम्बन्धी जनचेतना र सूचनाको अभावका कारणले सेवामा समस्या परिरहेको बताएका छन् । अहिलेको चर्को गर्मीका कारण अस्पतालमा विरामीहरुको चाप बढेको तर प्रयाप्त जनशक्ति नभएका कारणले गर्दा सेवामा ढिलाई भएको कुरा माथि जोड दिदै राजनीतिक दलहरुबाट रचनात्मक सुझाव सल्लाहको अपेक्षा गरेको डाक्टरले बताए । ओपिडीबाट ल्याब र एक्सरेमा जाने बिरामीहरुको चाप बढेकाले त्यहाँ प्राविधिक जनशक्ति तथा श्रोत साधन बढाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको कुरा डाक्टर रिसालले बताएका छन् ।
संंयोजक चौलागाईले स्वास्थ्य सर्वसुलभ निशुल्क हुनुपर्ने पार्टीको अवधारणाका बारेमा प्रष्ट पार्दै जेष्ट नागरिक तथा दिर्घरोगीहरुको उपचार निशुल्क गरिनु पर्नेमा जोड दिएकी छन् । अस्पतालको सरसफाई तथा उपचारमा लापरवाही आदि कुराहरुलाई औल्याउँदै सरकारी काम कहिले जाला घाम भन्ने उखान सावित नहोस् विरामीहरुको उपचार आर्थिक लाभसँग मात्र नजोडियोस् भन्दै लेडी विथ ल्याम्प(फ्लोरेन्स नाईटिङ्गेल)को उदाहरण दिदै अस्पताल प्रशासन विरामीको स्वास्थ्य प्रति बढि जिम्मेवार भएर अगाडी बढ्नुपर्ने कुरा संयोज चौलागाईले सुझाएकी छिन् ।

संयोजक चौलागाईले मिति २०८० भाद्र १८ गते वेष्टर्न अस्पताल प्रा.लि. नेपालगञ्ज पुगी अस्पतालका प्रशासकीय प्रमुुख सुबोध जोसीसँग भेटवार्ता गरेकी छन् । स्वास्थ्य सम्बन्धी पार्टीको अवधारणाबारे प्रष्ट्याउँदै अस्पतालमा भएका सुविधा आम जनताको पहूँचमा छन् या छैनन् भन्ने सन्दर्भमा समसामयिक छलफल भएको हो । स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर स्वास्थ्यकर्मीहरु सँग छलफल, अन्तरक्रिया तथा हातेमालो कार्यक्रम रहेको कुरा संयोजकले जनाएकी हुन । छलफलका क्रममा स्वास्थ्य सेवामा सुलभिकरण गर्न यो सरकारबाट सम्भव नभएको कुरामा जोड दिदै त्यसका लागि निजि स्तरबाट नै पहल गर्नुपर्ने भएको जोशीले बताए । सरकारी स्वास्थ्य सेवामा आएको बजेट मुट्ठी भर व्यक्तिहरुले मात्र चलाएको कुरा बताउँदै विभिन्न क्षेत्रमा भ्रष्टाचारीकरणको गतिरोधक शक्तिको खाँचो रहेको कुरा माथि पनि प्रशासकले जोड दिएका छन् । पार्टीको छलफल, अन्तरक्रिया तथा हातेमालो कार्यक्रममा सहर्ष सहभागी हुने कुरा बताउँदै चेतना मुलक कार्यक्रम तथा शिविरका लागि पार्टीलाई आवश्यक सहयोग गर्ने जोसीले बताएका छन् ।


संयोजक मिति २०८० भाद्र १९ गते पार्टीको विभागीय कार्यक्रम लिएर लर्ड बुद्ध एजुकेशन एकेडेमी (नेपालगन्ज शिक्षण अस्पताल) बाँके पुगेकी छन् । आन्तरिक प्रशासकिय प्रमुख कुमार अधिकारीसँग कुराकानी गर्दै विगतमा भएका कमी कमजोरीहरुलाई फेरी नदोहोर्‍याउन आग्रह गर्दै जनउत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न पार्टीको स्वास्थ्य विभाग ६ नम्बर प्रदेश संयोजक लक्ष्मी चौलागाईले सुझाएकी छन् । उपचार पैसामुखि नभई सेवा मुखी हुनुपर्ने कुरामा जोड दिदै विपन्न विरामीहरुलाई आवश्यक सहयोग गर्न संयोजकले आग्रह गरेकी हुन् ।

संयोजक चौलागाईले नेपालगञ्ज मेडिकल कलेजका उप–निर्देशक(प्रशासन तथा एच.आर.प्रमुख) श्याम कुमार शर्मासँग पनि अलगै भेटवार्ता गरेकी छन् । उप-निर्देशक शर्माले चेतनामूलक कार्यक्रम तथा शिविरहरु संचालन गर्नका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।


आज मिति २०८० भाद्र २० गते कोहलपुर मेडिकल कलेजका प्रशासकिय प्रमुख बिष्णु पोखरलेसँग पार्टी विभाग संयोजक लक्ष्मी चौलागाई पुगेकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको मर्म बुझेको उल्लेख गर्दै पार्टीले ल्याउने सबै कार्यक्रममा हाम्रो पुर्ण सहयोग हुने कुरा प्रशासकीय प्रमुख पोखरेलले बताका छन् । देशमा सरकारी सेवा सुविधामा कसैको पनि विश्वास नरहेको कारण नै सबै क्षेत्रमा निजिकरण बढेसँगै हाम्रो स्वास्थ्य सेवामा पनि जनविश्वास बढ्दो छ ब्याख्या गरे ।

निजिकरण, व्यापारिकरण र उधारीकरणले देश कमजोर अवस्थामा पुगेको हुनाले व्यवस्थाको विकल्प खोज्नु परेको कुरा बताउँदै संयोजक चौलागाईले विपन्न वर्गका विरामीहरुलाई सुलभ दरमा उपचार गर्न सुझाएकी छिन् ।

Womui
Womui