पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष केसीलाई मातृ शोक

34

नेपालगन्ज–नेपाल प्रेस युनियनका उप–महासचिव एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष प्रेम केसीलाई मातृ शोक परेको छ । उनकी आमा सरस्वती केसीको ७० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

केही समयदेखि मधुमेह रोगको उपचार गराइरहेकी उनको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा शुक्रबार बिहान साढे ८ बजेतिर निधन भएको हो । उनको शुक्रबार नै बाँकेको कम्दीस्थित राप्ती नदीको सिधनियाघाटमा अन्त्येष्टि गरिएको छ ।

Womui
Womui