राप्ती सोनारीमा सार्वजनिक सुनुवाइः ६ बुँदे साझा प्रतिबद्धता

68

नेपालगन्ज– गाउँपालिकाले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने राप्ती सोनारी गउँपालिकाक अध्यक्ष तप्तराज पौडेलले बताएका छन् । राप्ती सोनारी गाउपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा बास नेपालको सहजीकरणमा शुक्रबार गाउँपालिकाको प्राङ्गणमा भएको सुनुवाइमा आम गाउँपालिकावासीहरुका बीच अध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले गाउँपालिकाभित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै गुण्स्तरीय काम नगर्नेले सेवा नपाउने बताए । पालिकाले पारदर्शिता र जवाफदेहिता प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो ।

सरोकारवाला र गाउँपालिकावासीबीचमा झण्डै दुई घण्टा भएको दोहोरो प्रश्नोत्तरपछि गउँपालिकाको समग्र विकासका विषयमा ६ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा बेरोजगार युवाहरुलाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने र व्यवसाय सञ्चालन गर्न चाहने युवाहरुलाई उत्कृष्ट योजनाका आधारमा अनुदानको व्यवस्था गर्ने, आर्थिक वर्ष २०७८÷२०७९ को वार्षिक बजेट पूर्ण रुपमा खर्च हुन नसकेको पाइएकाले विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शी रुपमा सम्पन्न गर्ने साथै लक्षित वर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्ने, वडा नम्बर २ मा सञ्चालित निर्माणाधीन बाटोको काम प्रभावकारी नभएको भन्ने गुनासो आएकाले यथाशक्य योजनाको अनुगमन गर्ने, पालिकाको सूचना प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन सूचना शाखालाई प्रभावकारी बनाउने साथै आम नागरिकसम्म सूचना पु¥याउन विविधता अपनाउने, हाल गाउँपालिकमा सञ्चालित योजनाहरुमा प्राविधिक त्रुटि देखिएको, योजनाको फिल्ड अनुगमन बिना नै फच्र्यौट हुने गरेको भन्ने गुनासो आएकाले प्रभावकारी फिल्ड अनुगमनको प्रतिवेदन पछि मात्रै फच्र्यौटका लागि सिफारिस गर्ने प्रतिबद्धता गरिएको छ ।

यसरी गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष तप्तराज पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्ष यमबहादुर खड्का, मिन राज खड्का, झगरु थारु, लवराज खरेल, राम लखन थारु, सालिकराम क्षेत्री, कार्यपालिका सदस्यहरु केशव राज दमाई, राधिका सुनार र शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
बासका निर्देशक हेमराज भट्टले स्वागत तथा सुनुवाइको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सुरुवातमा गाउँपालिकाले गरेका कामहरु तथा आगामी योजनाका बारेमा गाउँपालिका अध्यक्ष पौडेलले जानकारी गराएका थिए ।
बासका श्रोत व्यक्ति मन भण्डारीले सहजीकरण गरेको सुनुवाइमा २०० बढीको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइको रेडियो भुवर भवानी एफएम ९८.८ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Womui
Womui