राप्तीसोनारीमा न्यायिक समिति गठन

84

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभाले न्यायिक समिति गठन गरेको छ । राप्तीसोनारी गाउँपालिका २ अगैयामा मंगलबार सम्पन्न भएको सभाको तेस्रो बैठकले गठन गरेको हो । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने कानूनी व्यवस्था छ ।

सभाले उपाध्यक्ष मनिषासिंह थारुको संयोजकत्वमा राप्तीसोनारी– ५ का वडासदस्य शेरबहादुर बिक र वडा नम्बर ८ का सदस्य सुशीला बिकको नाम बहुमतले स्वीकृत गरेको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामा बसेको बैठकले आर्थिक विधेयक र विनियोजन विधेयक २०७९ पनि सर्बसम्मत रुपमा पारित गरेको थियोे ।

उक्त सभा यही असार १० गतेबाट सुरु भएको थियो । त्यसपछि असार १० गते सभाको दोस्रो बैठक पुनः बसेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ न्यायिक कार्य सम्बन्धी व्यवस्थाको दफा ४६ देखि ५३ ले न्यायिक समितिबाट निरुपण हुने विवादको बारेमा स्पष्ट गरेको छ । न्यायिक समितिले विवादको निरुपण मूलतः निर्णय र मेलमिलापको माध्यमबाट गर्नुपर्ने हुन्छ ।

समितिले विवादको कारबाही किनारा गर्दा निवेदनको दर्ता, आवश्यक जाँचबुझ र कारबाही, म्याद तामेली, पक्षहरूको उपस्थिति, मिलापत्र लगायतका कार्यविधिहरू स्थानीय कार्यविधि बमोजिम हुने व्यवस्था ऐनको दफा ४९ मा छ । स्थानीय तहले अलग्गै कानून बनाउनुपर्ने भए पनि सबै पालिकाले कानून बनाउन नसकेको अवस्था छ ।

Womui
Womui