गत भदौ २९ गते बेथरीमा गोली लागेकी महिलाको मृत्यु

21

भैरहवा, असोज २

रुपन्देहीस्थित बेथरीमा गत भदौ २९ गते प्रहरीको गोली लागि घाइते भएकी नन्दनी पाण्डेको शनिबार उपचारका क्रममा निधन भएको छ ।नन्दनीको तिघ्रामा गोली   लागेको थियो । उनलाई उपचारका लागि भारतको गोरखपुर लगिएको थियो । त्यहाँबाट फर्काएर भैरहवा ल्याएपछि यहीँको अस्पतालमा शनिबार बिहान साढे १० बजे उनको निधन भएको हो । प्रहरीले बेथरीमा भदौ २९ गते अन्धाधुन्द गोली चलाउँदा दुई बालबालिकासहित चारजनाको निधन भएको थियो । बेथरी काण्डमा पाण्डेसहित पाँच जनाको मृत्यु भएको थियो । पाण्डेले सञ्चालन गर्दै आएको किराना पसल बन्द गर्नेबेला उनलाई गोली लागेको थियो ।

Womui
Womui