असन्तुष्ट पक्षसँग तीन दलले वार्ता गर्ने

45

काठमाडौं, असोज २

तीन दलले असन्तुष्ट पक्षसँग वार्ता गर्ने भएका छन् । शनिबार अपरान्ह ४ बजे तीन दलले संयुक्त पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षलाई वार्तामा बोलाउने भएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको शीर्ष बैठकले असन्तुष्ट दलहरूलाई संयुक्त सम्बोधन गर्दै वार्ताका लागि औपचारिक आग्रह गर्ने भएका हुन्। यस्तै आजै संसद अधिवेशन स्थगित गर्ने पनि सहमति भएको छ। यसैगरी प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि तय भएको बैठकबाट बाहिरिएका एक नेताले जानकारी दिए ।

Womui
Womui