संयुक्त रुपमा दीप प्रज्वलन र खुसीयाली र्‍याली निकालिने

48

नेपालगन्ज, असोज १–
बाँकेमा संयुक्त रुपमा दीप प्रज्वलन र खुसियाली र्याली निकालिने भएको छ । संविधान घोषणा भएको खुसियालीमा आइतबार नेपालगन्जमा दीप प्रज्वलन र खुसियाली र्याली निकाल्ने निर्णय काँग्रेस, एमाले र एकिकृत माओबादीले गरेका हुन् । शुक्रबार नेपालगन्जस्थित एमाले पार्टी कार्यालयमा आयोजित छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओबादीका नेताहरुले यस्तो निर्णय गरे । छलफलमा काँग्रेस बाँकेका सचिव रबीन्द्र हमाल, एमाले अध्यक्ष अशोक कोईराला, एकिकृत माओबादीका नरेन्द्र न्यौपाने तथा सञ्चारकर्मी सहभागि भएका थिए ।

NC Newsयस्तै नेपाली काँग्रेस बाँकेले पनि छुट्टै विज्ञप्ती प्रकाशित गरेर ‘संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ २०७२ को स्वागत सहित आभार प्रकट गर्दै कृतज्ञता ज्ञापन गरेको छ । पार्टी सचिव रबीन्द्र हमालले निकालेको विज्ञप्तीमा संविधान सभालाई सफल तुल्याउन अनेक दुःख, कष्ट, आलोचना सही अविचलित रुपमा प्रतिवद्धताका साथ अविष्मरणीय भूमिका खेल्ने प्रधानमन्त्री सभामुख, तीन दलका प्रमुख सहित सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीलाई धन्यवाद दिइएको छ ।

Womui
Womui