विश्वकर्मा पूजा धूमधामसाथ मनाइँदै

112
नेपालगन्ज, असोज १
खजुरारोडस्थित गोपाल शप इन्डष्ट्रिज प्रालिमा विश्वकर्मा पूजा गरिँदै । तस्बिरः छिनछिन खबर
खजुरारोडस्थित गोपाल शप इन्डष्ट्रिज प्रालिमा विश्वकर्मा पूजा गरिँदै । तस्बिरः छिनछिन खबर

नेपालमा प्रत्येक वर्षको आश्विन संक्रान्ति असोज १ गते मनाइने विश्वकर्माको पूजा आज जिल्लामा धूमधाम साथ मनाइँदै छ । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिँदै जिल्लामा विश्वकर्मा पूजा मनाइरहेका हुन् ।

आजको दिनलाई वास्तु दिवसको रुपमा मनाउने बताउँदै खजुरारोडमा अवस्थित गोपाल शप इण्डष्ट्रिजका प्रबन्धक नरेश झाले  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास रहिआएको बताए । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा चल्दैआएको झाले बताए ।
विश्वकर्माले गरेको उक्त महान् कार्यको सम्झनामा विश्वकर्मा बाबाको पूजाआजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरे आफूमा पनि विश्वकर्माको गुण विकास हुने विश्वासका साथ विश्वकर्माको पूजाआजा धूमधामसाथ गरिने झाले जानकारी दिए ।
विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ।
Womui
Womui