एउटा खसीको मूल्य ९८ लाख रुपैयाँ !

36

एजेन्सी (राजस्तान, भारत), असोज १

खासगरी चाडपर्वमा फलफूलदेखि लिएर दैनिक उपभोग्य सामानको भाउ बढ्ने गर्छ । त्यस्तै माछा र मासुको पनि । दसैं तिहार जस्ता चाडपर्वमा त झन् मासु खानका लागि खसी पाउनै मुस्किल पर्छ । यदि पाइहाले पनि त्यस्को मूल्य धेरै चुकाउनु पर्ने हुन्छ । यस समयमा एउटा खसीको मूल्य कति पर्ला ? बीस हजार तीस हजार ।

goat-of-forty-eight-lakhयतिका मूल्य चुकायौं भने हामीले सहजै खसी किन्न सक्छौं तर अचम्मको कुरा भारतस्थित राजस्थानको भरतपुर गाउँमा एउटा खसीलाई भारतीय ४८ लाख रुपैयाँ ! दिएर किन्न त्यहाँका मानिस तयार छन् । अर्को अचम्मको कुरा के छ भने उक्त खसीका मालिक गोविन्द चौधरीले त्यसको मूल्य भारतीय ६१ लाख रुपैयाँ तोकेका छन् । उक्त खसीमा त्यस्तो के विषेशता छ र मानिस त्यसलाई किन्न यतिका धेरै मूल्य चुकाउन तयार छन् भन्ने जिज्ञासा जसलाई पनि लाग्न सक्छ । वास्तवमा उक्त खसीको यत्रो मूल्य चुकाउनुको पछाडि खसीको कानमा बनेको संकेत नै हो । उक्त संकेतमा पवित्र इस्लामिक चिन्ह बनेको कारण ग्राहक यतिका मूल्य चुकाउन तयार छन् भने खसीको मालिकले त्यसको फाइदा उठाउँदै ६१ लाख मूल्य तोकेका हुन् ।

Womui
Womui