भाग्यशाली चिठ्ठा जितेबापत कन्या केटी उपहार !

139

एजेन्सी(ब्राजिल), असोज १

विश्वको कैयौं देशले भाग्यशाली चिठ्ठा खेल्न कानुनी छुट पाएका छन् । भाग्यशाली चिठ्ठाले कैयौंलाई करोडपति बनाएको छ भने कैयौलाई रोडपति पनि । तर ब्राजिलको एउटा यस्तो गाउँ छ जहाँ बिंगो र भाग्यशाली चिठ्ठा जितेबापत पैसा नभएर कलिला केटी उपहार स्वरुप दिने गरिन्छ । एक अंग्रेजी वेवसाइटका अनुसार हालै उत्तरी-पश्चिम ब्राजिलको एंक्रूजिल्हादा नामक गाउँमा कलिला केटी पाउन भाग्यशाली चिठ्ठा खेल्ने गर्छन् । जुन खेलको लागि अलग अलग नम्बर भएको टिकट भाग्यशाली चिठ्ठामा सहभागी मानिसले किन्ने गर्छन् जसको मूल्य पाँच पाउण्डको हुन्छ । चिठ्ठा जितेबापत त्यहाँ उपहार स्वरुप केटी पाउँछन् जससँग उनीहरुले शारीरिक सम्बन्ध बनाउन पाउँछन् ।

Brajil-Chaild

समाचारका अनुसार यस्तो खेलमा ११ देखि १७ वर्ष उमेरका कलिला केटीको प्रयोग गरिन्छ ।  महिला सम्बन्धी काम गरिरहेको मेनिनाडान्का नामक एक संस्थाका अनुसार यस्तो खेल दिनको उज्यालोमा खेलिन्छ जसको जानकारी पुलिसलाई भए पनि उनीहरु मौन बस्ने गरेका छन् । स्थानीय कानून व्यवसायी माइकल फरियास प्रतिस्पर्धामा भाग लिन छेउछाउका शहरबाट समेत टन्नै मानिसहरु आउने गरेको बताउँछन् । माइकल फरियासका अनुसार सामूहमा रहेका केटीहरुलाई नम्बर अनुसार बाडेर उक्त चिठ्ठाको टिकट बेचिन्छ । यदि कन्या केटी छ भने त्यसको टिकटको मूल्य अधिक राखिएको हुन्छ । उक्त कन्या केटीलाई कस्ले जित्छ भनेर हेर्नको लागि एउटा ठूलो कार्यक्रमको आयोजनासमेत गरिन्छ।

आउँदो वर्ष आयोजना हुने रियो दि जेनेरियो ओलम्पिकलाई ध्यानमा राख्दै ब्राजिल प्रहरी बाल बेश्यावृत्तिका घटनामा सजग रहँदै आएको
छ । ओलम्पिकका क्रममा ६५ लाखभन्दा बढि विदेशी पर्यटकहरु ओइरिने अनुमान गरिएको छ । यहाँ करिब ५ लाख बालिकाहरुलाई यौनधन्दामा संलग्न गराइएको अध्ययनहरुले देखाएका छन् । अधिकारकर्मी वार्ली टोरेजनी भन्छिन्-‘यी घटनाहरु हामीलाई नौलो लाग्न छाडिसके । कतिपय ठाउँहरुमा त वेश्यावृत्तिलाई संस्कृतिकै अंगका रुपमा लिइन्छ । बालयौनशोषणका घटनाहरु यहाँका लागि सामान्य हुन् ।’ उनका अनुसार बालबालिकालाई यौनशोषणबाट जोगाउने दायित्व बोकेका व्यक्तिहरु आफैं यस्ता क्रियाकलापमा संलग्न रहेको पाइन्छ । इन्क्रुजिल्हादामा भएको घटना हाम्रो लागि नौलो होइन । केहिले यसलाई रोक्न प्रयास गर्दा प्रहरी र प्रशासन जस्ता जिम्मेवार निकायले आँखा चिम्लिदिन्छन् । ओलम्पिकको पूर्वसन्ध्यामा ब्राजिल पक्कै पनि आफ्नो देशको यस्तो तस्वीर दुनियालाई देखाउन चाहँदैन । तर, देशका अधिकांस ग्रामिण क्षेत्रहरुको कथा यहि हो । छिमेकी शहर क्यान्डिडो सेल्सका बालबालिकासम्वन्धी परामर्शदाता फाबियो डायसले किशोरीहरुलाई पुरस्कारमा थापिएको विषयमा आफूहरुले अनुसन्धान गरेको बताएका छन् । उनले भने, ‘हामीले सुनेअनुसार चिठ्ठा खोल्नु अगाडि ती किशोरीलाई खेलाडीहरुको अगाडि प्रदर्शनमा राखिन्छ । जसले चिठ्ठा जित्छ त्यहाँ व्यवस्था गरिएको कोठामा तत्कालै केटीलाई लगेर सेक्स गर्छ पाउँछ ।’ यसबारे प्रहरीलाई खबर गर्दा कुनै सुनवाइ नभएको उनको गुनासो छ ।

ब्राजिलमा ४० लाख मानिस गरिबीको रेखामुनि बाचिरहेका छन् । यो देश बाल बेश्यावृत्तिको हकमा विश्वको दोस्रो नम्बरमा रहेको छ भने मेनिनाडान्का अनुसार बाल बेश्यावृत्ति राज्यको अत्यन्तै सानो गाउँमा हुन्छ जहाँका मानिस गरिबीको रेखामुनि पिल्सिएर बाचिरहेका छन् ।

Womui
Womui