संविधानमा हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म

158

काठमाडौं, असोज १

संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुको हस्ताक्षर कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरको लोहोत्से भवनमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्ने संविधानसभा सचिवालयले जनाएको छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा कार्यक्रम सुरु भएको हो । हस्ताक्षर गर्ने पहिलो लहरमा सभासद् जीवनबहादुर शाही, गङ्गालाल तुलाधर, रामेश्वर फुयाँल, जितु गौतमलगायत थिए। कुल १० वडा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भइरहेको छ । नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा हस्ताक्षर भइरहेको हो। हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ। गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो।

Womui
Womui