मोदीका दूत काठमाडौं आउँदै

42

काठमाडौं, भदौ ३१

भारतले अकस्मात् आफ्नो विशेष दूत काठमाडौं पठाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर विदेश सचिव एस. जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुग्ने छन् । काठमाडौं आएपछि जयशंकरले बिहान १० बजे प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्ने समय मिलाएको स्रोतले बतायो । कोइरालासँग भेट गरिसकेपछि मोदीका दूतले शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवलाई पनि भेट्ने कार्यक्रम छ । विहीबार अपरान्ह भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव जयंकर र नेपालका लागि भारतीय राजदूत रञ्जित रायसँग नेपालको मामिलाबारे गम्भीर छलफल गरेका थिए ।
Womui
Womui