दीपावली गरी उत्सव मनाउन एमाओबादीको आब्हान

47

काठमाडौं, भदौ ३१–
एकिकृत नेकपा माओबादीले संविधान घोषणा भएको अवसरमा दीपावली गरेर उत्सव मनाउन आब्हान गरेको छ । आफ्नो लागि आफै संविधान लेख्ने नेपाली जनताको ६५ वर्ष पुरानो सपना साकार भएको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीले दीपावली गरेर खुसियाली मनाउन आब्हान गरेको हो ।
सम्पूर्ण वर्ग, क्षेत्र, लिंग, समुदाय लगायतको हक अधिकारलाई नयाँ संविधानमा संस्थागत गर्न प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्नका लागि हाल बन्न लागेको संविधान महत्वपूर्ण उपलब्धी भएको एमाओबादीले ठहर गरेको छ । नयाँ संविधानलाई राष्ट्रिय स्वाभिमानको विजयको रुपमा असोज ३ साँझ दीपावली गरी, असोज ४ गते संयुक्त सभाको कार्यक्रम गर्न सबैलाई आब्हान समेत गरेको छ ।

Womui
Womui